मिति २०७८।०२।१८
सूचना
यस पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका संस्थापक विभागीय प्रमुख डा.मधुसुदन कार्कीको मिति २०७८ जेठ १७ गते सोमबारका दिन भएको असामयिक निधनबाट यस विभागका सम्पूर्ण परिवार स्तब्ध भएका छौं । यस अपूरणीय क्षतिको शोकमा भोलि मिति २०७८।०२।१९ का दिन यस विभागको पठ्नपाठन लगायत सम्पूर्ण विभागीय कामकाज बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
……………………..
निरा मानन्धर
विभागीय प्रमुख