मिति २०७८।०२।१७ गतेका दिन यस पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका संस्थापक विभागीय प्रमुख सह प्रा. डा. मधुसुदन कार्कीको असामयिक निधनबाट हामी स्तब्ध छौं । उहाँको निधनको तेहृौं दिनको पूण्यतिथिमा (मिति २०७८।०२।२९) यस विभागको आयोजनामा हुन गइरहेको श्रद्धाञ्जली सभामा यहाँको उपस्थितिको लागि अनुरोध गर्दछु ।
साथै, यस विभागले उहाँको सम्झनामा प्रकाशन गर्न गइरहेको “स्मृति पुस्तिका”को लागि कम्तिमा ५०० शब्दसम्मको स्मृति लेख रचना मिति २०७८।०३।१० सम्ममा यस विभागमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु ।
बधाई तथा हार्दिक शुभकामना
त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभागका बिद्यार्थीहरुले हालै बिभिन्न समुहमा पुस्तकालय अधिकृत पदमा सरकारी सेवा प्रबेश गर्नुभएकोमा बधाई साथै उहाँहरुको उज्वल भविष्य एबंम सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछौं । पुस्तकालय तथा सूचना...