डा. मधुसुदन कार्की स्मृति पुस्तिका तथा सिडिएलआइएस ई–बुलेटिनको सार्वजनिकिकरण सम्पन्न

March 3, 2022

स्मृति पुस्तिका तथा ई–बुलेटिन सार्वजनिक
न्युज रिपोर्ट किशोर पौडेलले

पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग त्रि.वि. कीर्तिपुरमा बुधवार एक कार्यक्रमको आयोजना गरि पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका संस्थापक विभागिय प्रमुख स्व. डा. मधुसुदन कार्की स्मृति पुस्तिका तथा सिडिएलआइएस ई–बुलेटिनको सार्वजनिकिकरण गरिएको छ ।
विभागीय प्रमुख निरा मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा त्रि.वि.का सह प्रशासक विष्णु अर्याल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा अतिथिको रुपमा शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, त्रि.वि. केन्द्रीय पुस्तकालयका प्रमुख पुर्णलाल श्रेष्ठ, नेपाल पुस्तकालय संघका अध्यक्ष इन्द्रप्रसाद अधिकारी, त्रि.वि. पूर्व उपप्रशासक पार्वति नेपाल, विभागका पूर्व शिक्षकहरू रुद्रप्रसाद दुलाल तथा भिमध्वज श्रेष्ठ, कार्यरत शिक्षकहरू डा.लिला न्याईच्याई र सरिता गौतम तथा त्रि.वि. केन्द्रीय पुस्तकालयका अधिकृत विजय शर्मा रहनु भएको थियो ।
कार्यक्रममा विभागमा अध्ययनरत अम्बिका पाण्डे र संजिव सिंहले ई–बुलेटिनको बारेमा प्रकाश पार्नु भएको थियो भने डा. लिला न्याईच्याईले कृति प्रकाशनको उद्धेश्यका बारेमा प्रष्ट पार्नु भएको थियो । अन्य वक्ताहरूले स्मृति पुस्तिकाले संस्थापक विभागीय प्रमुख स्व. कार्कीलाई जीवन्त राख्ने र ई–बुलेटिनले अध्ययनरत विद्यार्थीहरूको लेखनकलामा वृद्धि पु¥याउने भनाई राख्दै विभागले प्रकाशन गरेका दुबै कृतिको बारेमा समीक्षा सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको संचालन विभागमा अध्ययनरत छात्र किशोर पौडेलले गर्नुभएको थियो ।

List of Activities

Huge congratulation to Sarita Gautam and Binod Shrestha

Information Technology and Innovation Center, Tribhuvan University, Kirtipur, organized a three-day workshop and training for the implementation of the integrated website entitled "TU Integrated Website". Participants from CDLIS actively participated in the workshop...

28th Annual Day Celebration

The 14th July, 2023 is the 28th annual day celebration. CDLIS has celebrated with full of joy and energy which was accompanied by Rector Shiva Lal Bhusal, Dean Kusum Shakya,Bishnu Aryal, Yadav Niraula, IP Adhikari, Rudra Dulal, Mohan Raj Pradhan, Bhim Dhoj Shrestha,...

Brainstorming on Book Writing

Two writers Mr. IP Adhikari and Ashok Thapa, PhD has talked on Book Writing process for the faculties of CDLIS. Their experiences and insights were shared in a lively manner. At the same time they wished for the creation of book in coming days as soon as possible from...

Visit to Read Nepal and Patan Museum

2023 May 22 is the sunny day and joyful day for MLISc students of 1st and 3rd semester. Mr. Chin Kaji Shrestha was telling stories of inspirational activities of Read Nepal. The President of Read Nepal Mr. Bhal Kumar Shrestha, and another member Murari Binod Pokharel...